नियम १३ग
इजाजतपत्रवालाले अन्तशुल्क विवरण पेश गर्नु पर्ने
अन्तशुल्क उठाइ बुझाउनु पर्ने दायित्व भएका इजाजतपत्रवालाले विक्रम संवत् अनुसारको एक महिनाको अन्तशुल्कको  विवरण सो महिना समाप्त भएको मितिले २५ दिनभित्र अनुसूची–४ङ. बमोजिमको ढाँचामा सम्बन्धित अन्तशुल्क अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।